वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको ‘छुटै छुट योजना’

news-details

सिद्धार्थ बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकको सुविधाको लागि विशेष छुट योजना ल्याएको छ ।

१७ औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले पुस ९ देखि माघ १० गतेसम्म लागू हुने गरी छुट योजना ल्याएको हो । पुस ९ गते बैंकको वार्षिकोत्सव हो ।

यस्ता छन् बैंकले दिने छुट योजना

– दराजमा कार्ड मार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५ सय रुपैयाँसम्म) छुट
– पहिलो दुई पटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याक
– पहिलो दुई पटक ५ सय वा सो भन्दा बढी रकमको मेसिन मार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक
– एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५ हजार रुपैयाँको पस मेसिनमार्फत् कारोबार गर्दा १ हजार रुपैयाँ क्यास ब्याक
– बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५ सय रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक

बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १ हजार ६ सय भन्दा बढी पस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *