भृकुटीमण्डपमा लागिरहेको ‘महासेल महाकुम्भ जुत्ता मेला’ विहिबार सकिदै

news-details

काठमाडौको भृकुटीमण्डपमा लागिरहेको ‘महासेल महाकुम्भ जुत्ता मेला’ यही बिहिबार सम्पन्न हुदैछ । मेला सकिनै लाग्दा उपभोक्ताहरुको भीड झन–झन बढन थालेपछि आयोजकले अब केहि दिन मात्र मेला बाकी रहेकाले यसको फाइदा उठाउनका लागि ढिला नगर्न आग्रह गरेको छ ।

एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध मेलामा थप २ सय नयाँ मोडलका जुत्ता चप्पल लन्च गरिएको छ । मेलामा विभिन्न छुट र स्कीमसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध गराइएकाले उपभोक्ताहरुलाई यो अवसर नगुमाउन आयोजकले भनेको छ ।

‘उपभोक्ताहरुलाई नेपाली जुत्ताचप्पलको प्रयोग गर्ने बानी बसाल्न उत्पादन मुल्यमै गुणस्तरीय १ हजारभन्दा बढी मोडलका जुत्ता मेलामा उपलब्ध गराएका छौ’ मेला आयोजक प्रमोद महतोले भने –‘मेलामा उपभोक्ताहरुको बढदो चासोले हामीलाई उत्साही बनाएको छ, यही विहिबारसम्म मात्र मेला लाग्ने भएकाले यो अवसर नगुमाउन सबैलाई आग्रह छ ।’

नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल मेलामा उपलब्ध छ । विवाहका सिजनका लागि पनि लक्षित गरेर मेलामा पार्टी सुजहरु र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको आयोजक महतोको भनाई छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, हामी स्टक क्लेयरेन्स गर्न नभएर मेलामा नै नयाँ–नयाँ डिजाइनका जुत्ता पनि लन्च गरेका छौ, जसले गर्दा उपभोत्ताको चाप बढेको छ ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।

उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । साथै नयाँ लन्च गरिएका जुत्तामा ४० प्रतिशतसम्म र अन्य जुत्तामा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *