‘आइएमई’ले आफ्ना उत्कृष्ट १५ व्यावसायिक साझेदारलाई लग्यो बाकु भ्रमणमा

news-details

आइएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई ५ दिने भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ ।

आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरेका थिए ।

विदाई कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

आइएमईले आफ्नो स्थापना कालदेखि नै आम सेवाग्राही मूखि र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

आइएमई लिमिटेडका बारेमा

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुस्ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा

झन्डै २१ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *