नेपाल बंगलादेश बैंकले अनाथ बालबालिकालाई बाढ्यो न्यानो कपडा

news-details

नेपाल बंगलादेश बैंकले अनाथ तथा आश्रयविहीन बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको छ ।

काठमाडौंको मनहरा नगरपालिका–६ स्थित अनाथ आश्रय नेपाल नेपाल नामक संस्थामार्फत बैंकले ३५ थान कम्बल वितरण गरेको हो ।

बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा आश्रयविहीन बालबालिकाका लागि कम्बल वितरण गरिएको बताए ।

बैंकका सञ्चालक ढुंगेलले सबै संस्थाहरुले सामाजिक उत्तरदायित्वलाई विशेष स्थान दिनुपर्नेमा जोड दिँदै नेपाल बंगलादेश बैंकले पनि सामाजिक उत्तरदायित्व वहनमा विशेष जोड दिएको बताए ।

अनाथ बालबालिकाका लागि कम्बल वितरण गरेकोप्रति अनाथ आश्रय नेपाल नेपाल संस्थाका अध्यक्ष गोपालबहादुर कार्कीले बैंकलाई धन्यवाद दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *