राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा प्रहरी अस्पतालमा रक्तसंचार केन्द्र संचालन

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ४० लाख सहयोगमा रक्त संचार केन्द्र निर्माण भएबापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सो समारोह हस्तान्तरण गरे । सो समारोहमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मानवता सम्बन्धि पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता ब्यक्त गरे ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधै तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने बताए ।

बि।स। २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निशुल्क सेवा, पूर्व प्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यून शुल्कमा सेवा उपलब्ध गराउँदै आएको छ भने शुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिईरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *