सहुलियत कर्जा नदिए बैंकलाई कारवाही गछौं : अर्थमन्त्री खतिवडा

news-details

युवाहरुलाई स्वरोजगार तथा उद्यमशिल बनाउन भन्दै सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा योजना प्रभावहिन भएको टिप्पणी उठिरहदा नीतिगतरुपमै सुधार गरेर प्रभावकारी कार्यान्वयन तर्फ सरकार लागेको छ ।

सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकले यस्तो कर्जा दिन परिपत्र नै जारी गरेपनि अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले यस्तो कर्जा प्रवाहमा आनाकानी गरेपछि कार्यविधि नै संशोधन गर्दै सरकार अहिले कडारुपमा अगाडि बढेको हो ।

नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम रोजगारीका आवाजसँग कुरा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सहुलियत कर्जा नदिने वैंकलाई राष्ट्र वैंकले कारवाही गर्ने बताए ।

कर्जा लिनका लागि अहिले प्रक्रिया सरल बनाइएको र बैंकलाई ५ सय कोटा नै निर्धारण गरिएको हँुदा अब प्रभावकारी कार्यान्वयन हुने मन्त्री खतिवडाको भनाई छ । .

बैंक तथा वित्तिय संस्थाहरुले विना धितो सहूलियतपूर्ण कर्जा प्रवाहले जोखिम बढाउने भन्दै यस्तो कर्जा प्रवाह गर्न मानिरहेका थिएनन । सरकारले अहिले कार्यविधि नै संशोधन गरी जोखिम बहन र कर्जाको दायित्ववोधको व्यवस्था गरिदिएको छ । अर्थमन्त्री खतिवडाले भने–‘बैंकहरुले अब पनि अटेर गरे भने कारवाही गछौं ।’

गत वर्ष विदेशबाट फर्किएका युवा परियोजना कर्जाका लागि भन्दै वैदेशिक रोजगार बोर्डले मागेको आवेदन मागेकोमा १८ हजारभन्दा बढीले यस्तो आवेदन दिएका थिए । जसमध्ये अधिकांशले अहिलेसम्म यस्तो कर्जा पाउन नसकेको गुनासो गरिरहदा अर्थमन्त्री खतिवडा मन्त्रालयबीच समन्वय नगरी बोर्डले आवेदन माग्दा यस्तो अवस्था आएको बताए ।

यता राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको नीति अनुसार राष्ट्रिय वाणिज्य वैंकले कर्जा प्रवाह गरिरहेको र हालसम्म ७ सय ८५ जनालाई यस्तो कर्जा दिइसकेको जानकारी दिएका छन् ।

(नेपाल टेलिभिजन प्लसमा शुक्रवार विहान ८:३० बजे यस सम्बन्धी बिस्तृत रिपोर्ट प्रशारण हुनेछ ।)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *