‘महासेल महाकुम्भ मेला’मा नयाँ-नयाँ डिजाइनका जुत्ता सस्तैमा पाएपछि उपभोत्ताको भीड

news-details

काठमाडौंको भृकुटीमण्डपको गेट छिर्ने वितिकैको सानो चौरमा लागिरहेको जुत्ता चप्पलको विशेष मेला ‘महासेल महाकुम्भ जुत्तामेला’ उपभोक्ताको भीड बढेको छ । मेलामा नै २ सयभन्दा बढि नयाँ डिजाइनका जुत्ता पहिलो पटक सार्वजनिक (लन्च) गरिएको छ ।

हजारभन्दा बढी नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरु उत्पादन लागतमा नै मेलामा पाइने भएकाले उपभोक्ताहरु झुम्मिएका छन् । जुत्ता उत्पादकहरु आफैले मेला आयोजना गरेको हुँदा उपभोक्तालाई फ्याक्ट्री लागतमा नै उपलब्ध गराइएको आयोजकले जानकारी दिएका छन् । ‘बिल्कुलै नयाँ डिजाइनका जुत्ताचप्पल मेलामा फ्याक्ट्री लागतमा नै उपलब्ध गराइरहेका छौं’ मेला आयोजक प्रमोद महतोले भने–‘हामीले मेला लागिरहेको बेलामा नै २ सयभन्दा बढि डिजाइनका जुत्ताचप्पल लन्च गरेका छौ ।’ आफ्ना उपभोत्तालाई पुरानो र स्टक सामान नभएर फ्रेस र नयाँ नयाँ डिजाइनका जुत्ता विक्रिवितरण गरिरहेको महतोको भनाई छ ।

नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल छानी छानी मेलामा किन्न पाइन्छ ।

मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाइने हुँदा खरिद गर्ने उपभोक्ताको भीडमा सिन्धुपलान्चोकका बुद्ध भण्डारी भेटिए । हातमा ४ जोर जुत्ता किनेर फर्किन लागेका भण्डारी भन्छन्–‘ मेलामा रहेका जुत्ता नै धेरै राम्रो र नयाँ नया डिजाइनको सस्तो पाइयो, किनिहाले ।’

साथीले भृकुटीमण्डपमा जुत्ता मेला लागेको छ भनेर मेलामा आएका बाग्लुङका प्रविन सापकोटा आफ्ना लागि भनेजस्तो जुत्ता मेलामा पाएको बताउँछन् उनी भन्छन्–‘युवा बर्गका लागि नयाँ नयाँ डिजाइनका स्टाइलिस जुत्ता मेलामा रहेछन् ।’

विवाहका सिजनका लागि लक्षित गरेर पार्टी सुज र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता एउटै छानामुनी उपलब्ध गराइएको आयोजक महतोको भनाई छ । मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाइने हुँदा खरिद गर्ने उपभोक्ताको भीड लाग्न थालेको हो ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, हामी स्टक क्लेयरेन्स गर्न होइन, मेलामा नै नयाँ नयाँ डिजाइनका जुत्ता पनि लन्च गरिरहेका छौ, जसले गर्दा उपभोत्ताको चाप बढेको छ ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।

उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनु साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेकाले नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने आयोजकको लक्ष्य हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *