उद्योगी रुप ज्योति छुटे, फुलमालासहित दरबारमार्ग परिक्रममा

news-details

उद्योगी रुप ज्योतिलाई छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखे पछि उनि रिहा भएका छन् । रिहा भएपछि उनि र उनको छोरीलाई फुलमालाले स्वागत गर्दै दरबारमार्ग परिक्रमा गरिएको छ ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए ।

 


हामीले मुद्दा नचलाउने निर्णय गरेका छौं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हो त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गरेको छौं । मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको हौ ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी रुपज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । मुद्दा नचल्ने भएपछी उनीहरु रिहा भएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *