रिया मनि युकेबाट नेपाल पैसा पठाउने शेरचनले जिते आइएमईको पुरस्कार

news-details

आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता यूकेबाट पैसा पठाउने इन्द्रराज शेरचन भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित बनेका हुन् ।

उनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउँदा विजेता बनेका हुन् । उनले युकेस्थित रिया मनि ट्रान्स्सफर रु ५० हजार १ सय ३७ नेपालमा पैसा पठाउँदा त्यसको दुई गुणा हुन आउने रकम रु १ लाख २ सय ७४ जितेका छन् ।

पुरस्कार राशी शेरचनको सिफारिसमा उनको आफन्त चेलीमाया गौचनले ग्रहण गरिसकेको आइएमईले जनाएको छ ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त ७७ दिनसम्म कायम रहने आइएमईले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *