एनसेलले ल्यायो ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर
- कार्तिक २७, २०७६
- 0
एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफरमा ग्राहकले कर बाहेक प्रति मिनेट एक रुपैयाँमा देशभित्रका सबै नेटवर्कमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ।
यो अफर वाहेक अहिले एनसेलका ग्राहकले अन्य नेटवर्कमा कल गर्दा कर वाहेक प्रति मिनेट १ रुपैयाँ ९९ पैसा तिर्नुपर्थ्यो । यो मंगलबारदेखि कार्यान्वयनमा आएको हो ।
योजना अनुसार २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर सहित २५ रुपैयाँ ५४ पैसामा लिन सक्छन्। कम्पनीका अनुसार यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो ।
यो प्याक सुरु गर्न एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्नुपर्ने कम्पनीले जनायो। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुने कम्पनीले जनाएको छ। यो अफर माघ २६ गतेसम्म कार्यान्वयनमा रहने कम्पनीले जनायो ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










