धनगढीमा बाणिज्य बैंकको प्रादेशिक कार्यालय संचालनमा

news-details

राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले संघीयतालाई प्रशासनिक रुपमा मात्रै नभएर सेवाको दृष्टिकोणको रुपमा राख्नु पर्ने बताए ।

सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनिकरण मुख्य चुनौती रहेको भन्दै उनले त्यसलाई हल गर्न आफू लागि परेको दावी गरे ।

यसअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा रहेकोमा सोमबारदेखि धनगढीबाट काम सुरु गरिएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य कार्यालयको मुलुकभरका ७७ जिल्लामा २ सय ३८ वटा शाखा रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *