पद्मोदय मोडको ‘जुत्ता एक्सचेञ्ज मेला’ मंशिर ५ गतेसम्म चल्ने

पुरानो जुत्तासँग नयाँ साट्नेहरुको भीड बढ्दो
news-details

काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चलिरहेको ‘जुत्ता एक्सचेञ्ज मेला’ मंशीर ५ गतेसम्म चल्ने आयोजकले जनाएका छन् । नेपालीहरुको महान चाडवाड सकिएसँगै पुरानो जुत्तासँग नयाँ जुत्ता साट्ने आकर्षक स्किम सकिन लागेको हो ।

जुत्ता एक्सचेञ्ज मेलाको आकर्षक अफर चलिरहँदा मेलामा उपभोक्ताको चाप बढेको आयोजकले जनाएका छन् । पुरानो जुत्तासँग नयाँ जुत्ता एक्चेञ्ज गर्नेसहितका आकर्षक स्किम भएको मेलामा उपभोत्ता लोभिएका छन् ।

काभ्रेका रमन श्रेष्ठ पुरानो जुत्ता बोकेर एक्सचेञ्ज मेलामा आएको चौथो पटक भएछ । ‘पुरानो जुत्ता लगाउन मनै लाग्न छोड्यो’ उनी भन्छन्–‘ पुरानो हुना साथ फरक फरक डिजाइनका नयाँ जुत्ता पाइहाल्छ अनि किन पुरानो जुत्ता लगाउनु ।’ उनीजस्तै यो आकर्षक अफरको फाइदा उठाउने प्रसस्तै छन् ।

नुवाकोटका राजन कार्की त परिवारनै लिएर मेलामा आएका छन् । सबैका पुराना र फाटेका जुत्ता बोकेर आएका कार्की फर्कदा परिवारलाई नै नयाँ नयाँ जुत्ता लिएर सबैलाई खुशी बनाउँदै फर्कदैछन् ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेलामा’ जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आयोजक प्रमोद महतोको भनाईछ ।

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको नयाँ नयाँ जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको आयोजकको भनाई छ । जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने अर्का आयोजक जीवन श्रेष्ठको दावी छ ।

 

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसीको भनाई छ ।

पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्दा उपभोक्तालाई भोलिका दिनमा थप सजिलो हुने आयोजकको भनाई छ । अर्को तर्फ पुरानो जुत्ता रिसाइक्लिङ गरेर प्रयोगमा ल्याइने भएकाले उपभोक्तालाई घरमा त्यत्तिकै नफ्याक्न आयोजकको अपील छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *