मलेसियाबाट पैसा पठाउने खाङ बने आइएमई अफरको बम्पर विजेता

news-details
आइएमईले चाडपर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् । उनले मलेसियाबाट नेपाल पैसा पठाएका थिए ।

एक कार्यक्रमकाबीच ‘लक्की ड्र’ मार्फत खाङ्गलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरीले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि छनोट गरेका हुन् ।

विजेता खाङले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए भने उनले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ (८) गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गर्ने भाग्यमानी बनेका छन् ।

लक्की ड्र मार्फत बम्पर विजेता घोषणा गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सके देशभित्रै रोजगारीका सम्भावना उजागर हुने बताए ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्स आप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताए ।

सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएको आइएमईले जनाएको छ ।

आइएमईले गत भदौ १५, २०७६ देखि कार्तिक मसान्तसम्म कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने योजना ल्याएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *