सिभिल बैंकको थप तीन नयाँ शाखा संचालनमा

news-details

सिभिल बैंकले आफ्नौ नवौं वार्षिकोत्सवको अवसरमा तीनवटा शाखाको उद्धघाटन गरेको छ।

बैंकले निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको उद्धघाटन गरेको हो ।

दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरे।

निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भुप्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे।

त्यसैगरी, चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरे।

नयाँ शाखाको संचालनसँगै बैंकले सामाजिक सेवा पनि गरेको छ। सिभिल बैंकको मुख्य शाखामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

हालसम्म यो बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ७६ पुगेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *