ग्लोबल आइएमई बैंकले ल्यायो ‘जन्मभूमि घर कर्जा योजना’

news-details

ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा योजना ल्याएको छ ।

यस नयाँ योजना अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ ।

न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ ।

यो घर कर्जा वैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ ।

जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ ।

यस सम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकका वैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० एटीएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *