जेएमई रेमिट र ज्योति विकास बैकबीच विप्रेषणसम्बन्धी सम्झौता

news-details

जेएमई रेमिट र ज्योति विकास बैकबिच रेमिटान्स्सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात जेएमई रेमिटबाट आउने सम्पूर्ण विप्रेशणको रकम ज्योति विकास बैकको १ सय २ शाखाहरुबाट सजिलो र सहज रुपमा ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा जेएमई रेमिटको तर्फबाट प्रबन्धक मीरा शर्मा र ज्योति विकास बैकको तर्फबाट नायक महाप्रबन्धक सुशील कुमार शर्माले हस्ताक्षर गरेका छन् । जेएमई रेमिटले जापानलगायत विश्वका विभिन्न देशबाट नेपालमा रेमिट्यान्स ल्याउने काम गरिरेहको छ । सेवाग्राहीको मन जितिरहेको जेएमईले ज्योति विकाससँगको सहकार्यपछि सेवाग्राहीलाई थप सहजता मिल्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *