नेपाल राष्ट्र बैंकले ४ अर्ब भन्दा बढी नयाँ नोट छाप्दै

news-details

नेपाल राष्ट्र बैंकले झण्डै ५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले २० रुपैयाँ दरका ४ अर्ब ८० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि बोलपब आव्हान गरेको हो । राष्ट्र बैंकले नोटको डिजाइन, छपाई तथा आपूर्तिको समेत काम गर्नका लागि टेण्डर आव्हान गरेको जनाएको छ ।

गत शनिवार प्रकाशित गरेको सूचना अनुसार नोट छपाई गर्न इच्छुकले १० डिसेम्बर २०१९ सम्ममा आवेदन दिइसक्नुपर्ने छ। बैंकले सोही दिन बोलपत्र खोलिने समेत जनाएको छ ।

बैंकले नोट छपाइको जिममा पाउने कम्पनीले २०२० को मे ७ सम्ममा नोट छापिसक्नुपर्ने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *