सिटीएक्सप्रेसद्धारा कुवेतमा सामसुङ टि.भी. उपहार

news-details

कुवेतस्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिक उत्सव तथा अधिवेशनका साथै वृहत साँगीतिक धमाका २०१९ कुवेतमा भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक रहेको सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो ।

कार्यक्रममा प्रमुख आकर्षणकारुपमा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक तथा कलाकार चक्र बमको प्रस्तुती रहेको थियो ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित दर्शकहरुबीच ड्र सञ्चालन गरेको थियो । जसको बिजेता बनेका जय बहादुर थापाले उपहार स्वरुप सामसुङको ३२ इन्च’को टि.भी. प्राप्त गरेका थिए । सो अवसरमा अन्य ५ जनालाई पनि सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार प्रदान गरिएको थियो ।

नेपालका लागि सामसुङका उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भीं किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफरसंग साझेदारी गरेको छ ।

सम्झैता अनुसार कतार ,साउदी,कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।

यो इनिशिएसन १ जुलाई २०१९ बाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन लिएको जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसले कुवेतस्थित अलअन्सरी एक्सचेन्ज, अलमुजैनी एक्सचेन्ज र बिइसीसँग बिप्रेषण सहकार्य गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *