नेपाल एयरलाईन्सको जहाजमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा
- रोजगारमञ्च
- अशोज १, २०७६
- 0
नेपाली ध्वजावाहक विमान नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आज बुधबारबाट लागू हुनेगरी ७० वर्ष कटेका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय भएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने घोषणा गरेकोमा नीजि क्षेत्रका विमान कम्पनीहरुले यसको विरोध गरिरहेका बेला सरकारी स्वामित्वकै कम्पनीबाट यसको कार्यान्वयन गर्ने गरी नेपाल एयरलाइन्सको विमानमा जेष्ठ नागरिकलाई छुट दिने निर्णय गरिएको निगमले जनाएको छ ।
यस्तै निगमले दशैका लागि अग्रिम बुकिङ पनि खुल्ला गरिएको जानकारी दिएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










