सिटी एक्स्प्रेसको चाडवाड योजना ‘लखपति एक्स्प्रेस,न यति न उति सीधै लखपति’

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २ सयको मोबाइल टप अप जित्न सक्ने सिटी एक्सप्रेसले जनाएको छ । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनालाई रु १ लाख उपहार प्रदान गर्ने जनाएको छ ।

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १० लाख जित्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेसमेत जानकारी दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *