ललितपुर संचयकोष भवनमा रहेको शुज पार्कमा ‘जुत्ता मेला’, ‘फ्याक्ट्री मूल्य’मै किन्न पाइने 

news-details

नेपालका प्रख्यात ब्राण्डका जुत्ता फ्याक्ट्री मूल्यमा नै उपलब्ध गराउने गरी ललितपुर संचयकोष भवनको शुज पार्कमा जुत्तामेला लागेको छ । नजिकिदै गरेको दशैं तिहार तथा चाडवाडलाई लक्षित गरेर मेलामा उत्पादन मूल्यमा नै जुत्ताचप्पल विक्रिवितरण भइरहेको छ ।

ललितपुरको संचयकोष भवनको पहिलो तल्लामा रहेको सुजपार्कमा नेपाली ब्राण्डका एक हजारभन्दा बढि नयाँ–नयाँ डिजाइनका अत्याधुनिक तथा स्टाइलिस जुत्ता राखिएको मेला आयोजकको भनाई छ ।

हेर्नुहोस भिडियो रिपोर्ट

‘फ्याक्ट्री मुल्यमा नै सस्तो, आर्कषक र गुणस्तरीय जुत्ता एकै ठाउँमा उपलब्ध गराएका छौं’ मेला आयोजक जीवन श्रेष्ठले जानकारी दिए । काठमाडौंमा मात्र मेला लाग्ने गरेकोमा ललितपुरका उपभोक्तालाई ध्यानमा राखेर पाटनमा यस वर्ष मेला राखिएको श्रेष्ठको भनाई छ । अर्का आयोजक प्रमोद महतो ललितपुरबासीहरुका लागि सेवा प्रदान गर्नका लागि उहाँहरुको ठाउँमा नै मेला राखेको बताउछन ।

‘हामीले शोरुम कष्ट, कमिशन केहि नराखेर उत्पादन लागतमै नेपाली जुत्ता सिधै उपभोक्तासम्म पु¥याउन खोजेका हौं’ मेला आयोजक महतोले भने –‘नेपाली जुत्ताचप्पलको प्रयोग बढाउन प्रेरित गर्नका लागि कुनै फाइदा नै नराखी फ्याक्ट्रि मुल्यमै अन्तर्राष्ट्रिय गुणस्तरका जुत्ता मेलामा राखेका हौ ।’

मेलामा नेपाली प्रख्यात ब्राण्डहरु केटिएम सुज, भेनस सुज, फुटस्टेप सुज र प्यारागन सुजका नयाँ नयाँ डिजाइन जुत्ता फ्याक्ट्रीबाट सीधै ल्याएर राखेको आयोजकको भनाई छ । मेलालाई नै लक्षित गरेर ५ सय भन्दा बढि डिजाइनका जुत्ताहरु ‘लन्च’ गरिएको पनि आयोजकले जनाएका छन् ।

हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टीसहित गुणस्तरीय उत्पादनका कारण उपभोक्तालाई सदैव नेपाली जुत्ताचप्पल प्रयोग गर्न उत्प्रेरित गर्ने आयोजकको दावी छ । त्यसैले स्वदेशी जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौं ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *