अमेरिकी डलर कमजोर बन्दै, रेमिट्यान्समा असर पुग्ने संकेत

news-details

विदेशी मुद्रा अमेरिकी डलर दिनका दिन कमजोर बन्दै जाँदा त्यसको असर रेमिट्यान्समा परे पनि अन्य क्षेत्रमा फाइदा पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार (आज) एक डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ ।
डलरको भाउ १० दिनमै करिब तीन रुपैयाँले घटेको छ । भदौ १८ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एक डलरको खरिद दर १ सय १५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ १५ पैसा तोकेको थियो । त्यसपछि डलर कमजोर हुँदै आएको छ ।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएकाले भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेकोछ ।
भारतीय मुद्रा बलियो हुनुलाई भारतको अर्थतन्त्र बलियो हुँदै गएको संकेतका रूपमा लिन सकिने पनि विज्ञको भनाइ छ । २०७५ साल असोज २६ गते डलर बलियो हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो । त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको छ ।

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने गर्छ । डलर कमजोर भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा कम मूल्य तिर्नुपर्ने हुन्छ ।

डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पाउनेलाई मात्र फाइदा हुने गर्छ । डलरको भाउ कमजोर भएकाले चार्डपर्व नजिकिँदै गएकोले विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा कम रकम पाउँछन् । डलर कमजोर भएकाले रेमिट्यान्स पठाउने नेपालीलाई भने नोक्सानी हुन्छ । यता, डलर कमजोर हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि कमी हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *