स्रोत नखुलाई आन्तरिक रेमिटबाट कसरी ट्रान्जेक्सन भयो करोडौ रुपैया

news-details

सामान्यतया रेमिट्यान्स पठाउदा या भुक्तानी लिनुपर्दा रेमिट्यान्स कम्पनीहरुले भौचरमा ३ पुस्ते भराउनुका साथै स्रोत खुलाउनुपर्ने अनिवार्यता गरेका छन । तर ठुलालाई चैन र सानालाई ऐन भनेजस्तो १ हजारको ट्रान्जेक्सनमा पनि कडाई गरेजस्तो गर्ने केहिले रेमिट्यान्स कम्पनीको आवरणमा करोडौ रुपैया विना आधार र वेनामे अवस्थामा पठाइरहेका शंकास्पद ट्रान्जेक्सन हामीले फेला पारेका छौ ।

अवैध कारोवारीहरुले हुण्डी प्रयोग गर्ने सुनिरहेका हामीलाई उनीहरुले शैली फेरेर रेमिट्यान्स कम्पनी नै प्रयोग गरिरहेका छन भन्ने सुन्दा पत्यार नलाग्न सक्छ तर हामीले विशेष स्रोतबाट प्राप्त प्रमाणले यसलाई प्रष्ट पारेको छ ।

रेमिट्यान्स कम्पनीको आवरणधारी यस्ता कारोवारीका कारण राम्रा काम गरिरहेका र बैंकिङ च्यानलको प्रयोग बढाउन अहोरात्र लागिरहेका रेमिट्यान्स कम्पनीलाई भने ठुलै चुनौती थपिएको छ ।

त्यसो त विदेशबाट अवैधरुपमा भित्रिएका पैसा स्वदेशमा आन्तरिक रेमिट्यान्सबाटै भुक्तानी हुने क्रम सामान्य भैसकेको छ । यही तथ्य बुझेर नै नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको ट्रान्जेक्सन सीमालाई कडाई गरेपनि यसको कुनै प्रभाव देखिदैन । जुन कुरा यही तथ्यले प्रमाणित गर्छ ।

हामीले उजागर गरेको ट्रान्जेक्सन अप्रेशन विदेशबाट आएको रकम आन्तरिक रेमिट्यान्स हुदै बाढिएको हो । जहाँ विदेशबाट आएको रकम बैंकमा डिपोजिट गर्दै प्रदेश नं. २ बाट एकै व्यक्तिमार्फत काठमाडौमा विभिन्न व्यक्तिका नाममा ३० करोड १२ लाख १४ हजार १ सय ८५ रुपैया वितरण भएको छ । तर कुनै पनि ट्रान्जेक्सनमा कुन व्यक्ति या स्रोतबाट उक्त रकम आएको हो कुनै अभिलेख छैन ।

स्रोतका अनुसार यो अवैध कारोवार शंकास्पद मात्रै होइन अचम्मको छ । तर किन यति ठुलो कारोवारमा राष्ट्र बैंक तथा सम्वन्धित निकाय संवेदनशिल नभएको र यसलाई छानविनको घेरामा नल्याएको हो त्यो थप अचम्म बनेको छ ।

यस विषयको थप खोजिनिती गर्दै हामी थप समाचार पस्कने छौ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *