सिभिल बैंकले ल्यायो एन्यूटी डिपोजिट निक्षेप योजना

news-details

सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । यो बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो ।

एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाईएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्नेछन् ।

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहनेछ । न्यूनतम मौज्दात रु १ हजारबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना रहेको बैंकले जनाएको छ ।

१ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउँछ । ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाइनेछ ।

सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवष्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एक्मुष्ठ रकमको लाभ पाउन सक्नेछन् ।

आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *