गैरआवासीय नेपालीलाई सानिमा बैंकको ‘एनआरएन मुद्दती खाता’

news-details

सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलरवा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाताखोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशतको उच्चतम व्याजदर प्राप्त गर्न सकिनेछ ।

एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने छ ।

२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भए पछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकमजम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।

यो खाताखोल्न सानिमा बैंकको नजिकैको शाखा सानिमा बैंकको वेवसाईटमा लग इन गरि अनलाईनबाटै आवेदन दिन सकिने छ ।

खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हाल सालै खिचिएको फोटो बैंकलाई बुझाउनु पर्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *