कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा
- भदौ ५, २०७६
- 0
भिजिट नेपाल २०२० लाई सफल पार्न कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा निस्किएका छन् ।
कुमारी बैंक लिमिटेडले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ किमिको वार्मअप–वाल्कर्थन कार्यक्रमको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको हो ।
कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाईने पनि जनाइएको छ ।
पत्रकार सम्मेलनमार्फत बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले पदयात्रामा सहभागिता जनाउनेहरूका लागि टि–सर्ट बाढ्न ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनलाई हस्तान्तरण गरे । सो कार्यक्रम ललितपुर पर्यटन क्षेत्र विकासका लागि कोसेढुंगा सावित हुनेमा वाणिज्य संघ विश्वस्त छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










