वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधाका लागि सेञ्चुरी बैंकले ल्यायो विशेष योजना
- भदौ ४, २०७६
- 0
सेञ्चुरी कर्मशियल बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र विप्रेषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ । हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधाका लागि यो योजना ल्याइएको बैंकले जनाएको छ ।
यस अन्तर्गत बैंकले ५ वर्षका लागि १ करोड ५० लाख बैंक ग्यारेन्टी जारी गर्नको लागि २० लाखको नगद मार्जिन र ४ लाखको कमिसन हुने जनाएको छ ।
साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी गराएको छ ।
सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










