कर्मचारीलाई नियमित तलब बाहेक दुई हजार भन्दा बढी भुक्तानी गर्दा पनि प्यान अनिवार्य
- भदौ ३, २०७६
- 0
सरकारले कुनै पनि कम्पनी तथा व्यवसायीक प्रतिष्ठानले आफ्ना कर्मचारीलाई तलब दिदा प्यान अनिवार्य गरेकोमा नियमित तलबबाहेक २ हजारभन्दा बढी भुक्तानी गर्दा पनि प्यान चाहिने व्यवस्था गरेको छ ।
यसअघि सरकारले कर्मचारीलाई १ हजारभन्दा बढी भुक्तानी गर्दा प्यान अनिवार्य गरेकोमा नीजि क्षेत्रसँगको छलफलपछि यसको सीमा बढाएर २ हजार पु¥याइएको हो । यो व्यवस्थासँगै २ हजारभन्दा कमको भुक्तानीका लागि प्यान चाहिदैन भने त्यसभन्दा बढीका लागि चाहिन्छ ।
कर्मचारीको नियमित तलब भुक्तानी तथा २ हजारभन्दा बढीको भुक्तानी गर्दा प्यान उल्लेख नगरी भुक्तानी गरेमा व्यवसायिक संस्थाले त्यसलाई आफ्नो खर्चमा गणना गर्न पाउँने छैनन् ।
सरकार र नीजि क्षेत्रबीच सोमबार भएको छलफलमा करसम्बन्धी तालिम नियमितरूपमा उपलब्ध गराउन, भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टमको कार्यान्वयनमा सहजीकरण गर्नेलगायतका विषयमा पनि सहमति पनि जुटेको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










