राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठ नियुक्त

news-details

राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले सोमबार एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरी ब्राण्ड एक्वासडर नियुक्त गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैकको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि ब्रान्ड एम्बासडरमा मिस नेपाललाई नियुक्ती गरेको बताए । उनले भने–‘ युवापुस्तालाई आकर्षित गर्न र बैंकको सामाजिक उत्तरदायित्व बढाउन मिस नेपाललाई गत बर्षदेखि ब्राण्ड एम्बासडर नियुक्त गर्न थालिएको हो ।’

कार्यक्रममा हिडन ट्रेजर अध्यक्ष कक्षपतीले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको जनाउँदै सामाजिक काममा वैंक मार्फत धेरै काम गर्न चाहेको बताइन् । श्रेष्ठ आफैं अष्ट्रेलियामा वैंकिङ्ग सेक्टरमा काम गरेर आएकी हुन् ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएर नेपालको पहिलो वैंक बनेको छ । बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २ सय २२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *