आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिकोत्सव

news-details

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धामक उपस्थिति जनाएको बताएका छन् ।

चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी गराए ।

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताए । साथै आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभ लाई मध्यनजर गरि भर्खरै बीमा समितिबाट स्वीकृति प्राप्त नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” सार्वजनिक गर्योे ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीवन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

सञ्चालन भए देखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग दिनुहुने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत सोहि किसिमले सहयोग गर्नु हुने विश्वास लिएको व्यहोरा जनाएको छ ।

व्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ ।

कम्पनीले यस आर्थिक बर्ष २०७६/७७ मा थप शाखा र उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *