सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने
- साउन ३१, २०७६
- 0
सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडले नायव कार्यकारी प्रमुखमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ ।
बैंकको २०७६ साल श्रावण २८ गते बसेको सञ्चालक समितिको २९४ औ बैठकको निर्णयानुसार बैंकको रिक्त नायव कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई श्रावण २८ गते देखि लागू हुने गरी नियुक्त गरेको हो ।
विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गर्नु भई हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव छ । निज न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन ।
न्यौपानेले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास बैंकको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










