सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने

news-details

सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडले नायव कार्यकारी प्रमुखमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ ।

बैंकको २०७६ साल श्रावण २८ गते बसेको सञ्चालक समितिको २९४ औ बैठकको निर्णयानुसार बैंकको रिक्त नायव कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई श्रावण २८ गते देखि लागू हुने गरी नियुक्त गरेको हो ।

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गर्नु भई हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव छ । निज न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन ।

न्यौपानेले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास बैंकको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *