सरकारले दिने सहुलियत ऋण प्रायः असफल, सेवाग्राहीलाई सास्ती

news-details

सरकारले झ्याली पिटाएर ल्याएको शैक्षिक प्रमाणपत्र धितो ऋण कार्यक्रम लगभग असफल देखिएको छ। गत आर्थिक बर्षको बजेटबाट ल्याइएको यो कार्यक्रममा एकदमै न्युन सहभागिता देखिएकोछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पढिरहँदा तालीपाएको यो कार्यक्रममा जम्मा २४ जनाले मात्र ऋण पाएका छन्। कुल १ करोड २६ लाख ५० हजार रुपैयाँ ऋण गएको छ। यसमा सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिन्छ।

सबैभन्दा सफल भने ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा देखिएको छ। डा. रामशरण महत अर्थमन्त्री हुँदा सुरु भएको यो कार्यक्रममा १७ हजार २०३ जनाले ३७ अर्ब १२ करोड ७० लाख रुपैयाँ ऋण चलाएका छन्। यसमा पनि पाँच प्रतिशत ब्याज अनुदान छ। महतको कार्यक्रमलाई खतिवडाले पनि निरन्तरता दिएका छन्।

विदेशबाट फर्किका युवालाई दिइने कर्जा पनि निक्कै नै असफल भएको छ। जम्मा ४९ जनाले १२ करोड ६५ लाख रुपैयाँ ऋण चलाएका छन्। यसमा पनि पाँच प्रतिशत ब्याज अनुदान छ।

यो सबै तथ्यांक गत आर्थिक बर्षसम्मको हो। ६ प्रतिशत ब्याज अनुदानको महिला उद्यमशील कर्जा तुलनात्मक रुपमा केही बढि गएको छ। यो ऋण ७९६ जना महिलाले चलाएका छन्। कुल ५८ करोड १३ लाख रुपैयाँ गएको छ।

दलित समुदाय ब्यवसाय विकास कर्जा पनि न्यून मात्रामा गएको छ। जम्मा ७० जनाले ३ करोड ९१ लाख रुपैयाँ चलाएका छन्। उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ६० जनाले चलाएका छन्। कुल १ करोड ७६ लाख रुपैयाँ मात्र गएको छ। भुकम्प पीडितहरुको निजी आवास निर्माण गर्न भनेर ल्याइएको स्किममा ९३ जना मात्र सहभागी छन्। कुल २ करोड ६४ लाख रुपैयाँ मात्र ऋण गएको छ।

सरकारले ब्याज अनुदान दिने सात किसिमका कर्जामा कुल १८ हजार २९५ जना सहभागी छन्। उनीहरुले ३७ अर्ब ८३ करोड ९८ लाख ९३ हजार रुपैयाँ ऋण चलाएका छन्। यसमध्ये ३२ अर्ब ८२ करोड १५ लाख ६ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। बाँकी पैसा ऋणीबाट भुक्तानी पनि भइसकेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *