कोका–कोलाले ल्यायो ‘जिग्री प्याक’

news-details

बोटलर्स नेपाल लिमिटेडले २ सय ५० एर्मलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ। यसअघि शिशाका बोतलमा मात्रै २ सय ५० एमएलको कोका–कोला, स्प्राईट र फान्टा बजारमा पाइन्थ्यो ।

२ सय ५० एमएलको जिग्री प्याक कोका–कोला, स्प्राईट र फ्‍यान्टा ४० रुपैयाँ पर्ने र आइतबारदेखि उपत्यका लगायत देशैभरी विक्रि हुने कम्पनीले जानकारी दिएको छ।

उपभोक्ताले आफुलाई मन पर्ने कोका–कोला, स्पाईट र फान्टाको जिग्री प्याक गोजीमा राखेर मिल्ने र सुलभ मूल्यमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त प्याक उपभोक्ता मैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा बोतल भएको र यसलाई कोलाले हलुका, पुनःशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको कम्पनीको दाबी छ। यसको अवधि ६ महिनासम्म रहेको छ।

नेपालका लागि कोका-कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीइटी बोतलको लाभ एकै पटक प्रदान गर्ने बताए ।

यस्तै बाटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल लिमिटेडले नेपालमा स्टेट अफ आर्ट प्रोडक्टमा लगानी गर्न पाउँदा खुसी लागेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *