अन्तर्राष्ट्रिय स्वादसहित उत्कृष्ट र स्वस्थ बेकरी खाजाका लागि लोकप्रिय बन्दै ‘बिग बेक’

news-details

छिटो मिठो खाजाका लागि होस या कुनै पनि खुसीको सेलिब्रेशनका लागि नै किन नहोस बेकरी आइटम अपरिहार्य झै बनिसकेको छ । बेकरी कल्चरको यो विकास विश्वबजारसँगै अहिले नेपालमा पनि तिब्र गतिमा भैरहेको छ ।

बच्चा होस या त युवा या वृद्ध–बृद्धा नै किन नहुन सबैको मिष्ठान्न खाद्यान्नकोरुपमा बेकरी आइटम पहिलो रोजाइ बनिरहदा बेकरी क्याफे खोल्ने होडबाजी पनि तिब्र गतिमा नै चलेको छ ।

तथापी अहिले पनि गुणस्तरीय र उत्कृष्ट बेकरी आइटम भन्नासाथ पाचतारे होटलमा रहेका बेकरी सपलाई नै सम्झने प्रचलन विद्यमान छ । यसैबीच पछिल्लो समय केहि यस्ता बेकरी क्याफे पनि शहरमा खुलिरहेका छन जसले आम सर्वसाधारणलाई पाचतारे होटलका भन्दा पनि गुणस्तरीय, स्वादिलो, ताजा र सस्तो बेकरी आइटम उपलब्ध गराउन थालेका छन ।

यसैमध्ये एक बेकरी क्याफे हो ‘बिग बेक’ । हालसालै मात्र बरिष्ठ व्यवसायीहरु प्रेम कटुवाल र फहिम शाहसहितको समूहले काठमाडौको मुटु वालुवाटारमा रहेको चाइनिज एम्वेशी नजिकै संचालनमा ल्याएको बिक बेक बेकरी क्याफेमा अहिले ग्राहकहरुको थामिनसक्नुको भीड देख्न सकिन्छ ।

‘यहाँको स्वाद एक पटक चाखेपछि फर्किफर्कि आउन मन लाग्छ’ बिग बेकमै भेटिएका ग्राहक बिजय थापाले भने –‘धेरै बेकरीमा गएर विभिन्न परिकारहरु खाए, तर यहाँको जस्तो जिब्रो मै झुण्डिने मिठो परिकार आजसम्म कहि पाउन सकिन ।’

१ सय भन्दा बढी बेकरी आइटमहरु यस बेकरीमा उपलब्ध रहेको जानकारी दिदै विग बेक क्याफेका हेड सेफ आशिष महर्जन प्रिमियर क्वालीटिलाई फोकस गरेर यहाँ त्यही स्टयाण्र्डडका बेकरी आइटम मात्र राखिएको बताउछन । उनले ग्राहकहरुको चाहना र उनीहरुको स्वास्थ्यप्रति अति संवेदनशिल रहेर हाइजेनिक प्रोडक्ट र त्यही अनुसारको सेवा प्रवाह क्याफेमा उपलब्ध गराएको बताए ।

बिग बेक बेकरीले ग्राहकहरुमाझ आफ्नो गुणस्तर र प्रोडक्टलाई थप उत्कृष्ट बनाउदै लैजाने उद्देश्यले नै बिगत १० वर्षदेखि यूएई हुदै नेपालका पाचतारे होटलमा बेकरी आइटममै अनुभव बटुलिसकेका महर्जनलाई हेड सेफको जिम्मेवारी दिदै प्रोडक्ट उत्पादन गरिरहेको छ ।

काठमाडौमा अहिले धेरै बेकरीहरु खुलेपनि तीनीहरु भन्दा बिग वेक बेकरी फरक रहेको यसको व्यवस्थापन सम्हाल्दै आएका उत्तम प्रधानको भनाई छ । उनी आफुहरु बेकरी क्षेत्रमा नम्मर एक बन्ने लक्ष्यसहित अघि बढेको भन्दै विदेशमा अन्तर्राष्ट्रिय गुणस्तरको बेकरी आइटम चाखेर आएकाहरुलाईसमेत बिग बेकले सन्तुष्ट बनाउने दावी गर्छन ।

बेकरी पारखीहरुलाई एक पटक बिग बेक बेकरीका प्रोडक्टहरु चाख्नका लागि आग्रह गर्दै व्यवस्थापक प्रधान ग्राहकहरुबाट आएका प्रतिक्रिया तथा सुझावका आधारमा भोलीका दिनमा आफुहरु अझै गुणस्तरीय प्रोडक्ट उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछन ।

हालसालै मात्र बालुवाटारमा संचालनमा आएको यस बेकरीले ‘बिग बेक’लाई लोकप्रिय ब्राण्डकारुपमा स्थापित गर्दै आफना थप आउटलुक विस्तार गर्दै लैजाने जनाएको छ ।

हो, अहिले नेपालीहरुमा फुसर्दमा घरबाहिर गएर विभिन्न स्वाद चाख्ने खाद्यान्न संस्कृतिको विकास भएको छ । त्योसँगै स्वास्थ्य र गुणस्तरमा पनि अहिले प्रायले ध्यान दिन थालेका छन ।

नेपालीहरुको यही भावना र चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय, हाइजेनिक र अन्तर्राष्ट्रिय स्टयाण्र्डडको बेकरी प्रोडक्टसहित सुपथ मुल्यमै उपलब्ध हुनेगरी संचालनमा आएको बिग बेक बेकरीले आम ग्राहकको मन जित्ने पक्का छ ।

हेर्नुहोस भिडियो रिपोर्ट :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *