कुमारी बैंकले ल्यायो ‘परिवार सुरक्षा बचत खाता’

news-details

कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ योजना अन्तर्गत ‘कुमारी परिवार सुरक्षा बचत खाता’ प्रस्तुत गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो बचत योजनाबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य– आमा वा बुवा, आफै तथा दुई सन्तानको स्वतः बीमा हुने व्यवस्था गरिएको छ ।

बैंकले ल्याएको नयाँ योजना अन्तर्गतको यो बचत खाता खोल्न न्यूनतम रू. १०,००० मौज्दात भने हुनुपर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा २६ लाखसम्मको परिवारको बिमा गरिएको बैंकले जनाएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको छ ।

यस खातामा इन्टरनेट बैंकिङ्ग निःशुल्क, मोबाइल बैंकिङ्ग पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुने बैंकले जनाएको छ ।

कुमारी बैंकले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ । यस खाताका बारेमा विस्तृत जानकारी हासिल गर्नका लागि नजिकैको कुमारी बैंकको शाखामा सम्पर्क गर्न ग्राहकहरूलाई बैंकले आग्रह गरेको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९१ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *