विश्व ब्राण्डिङ अवार्डबाट नेपाली ब्राण्ड ‘हिमालयन डग च्यू’ सम्मानित

news-details

वोर्ल्ड ब्राण्ड फोरमको अष्ट्रियामा भएको विश्व ब्राण्डिङ अवार्ड नेपाली कम्पनी ‘हिमालयन डग च्यू’ले पाएको छ । नेपाली युवाले संचालन गरेको यो ब्राण्ड अमेरिकामा प्रख्यात छ ।

घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीका प्रतिष्पर्धामा नेपाली कम्पनी हिमालयन डग च्यू ‘ब्राण्ड अफ दि इयर’ बाट सम्मानित भएको हो । कार्यक्रममा वोर्ल्ड ब्राण्ड फोरमका अध्यक्ष रिचार्ड रोवल्स र सिइओ पेटर पेकले हिमालयन डगच्युका अध्यक्ष सुजनकुमार श्रेष्ठ र निर्देशक निशेस श्रेष्ठलाई अवार्डबाट सम्मानित गरेको छ ।

लन्डनमा मुख्य कार्यालय रहेको फोरमले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरुको खानाको उत्पादन गर्ने विभिन्न ब्राण्डहरुको प्रतिस्पर्धा गर्दै आएको छ । यस वर्ष अष्ट्रियाको राजधानी भिएनास्थित राष्ट्रपती भवनमा अवार्ड कार्यक्रम भएको थियो । अवार्ड ग्रहण गरेर भर्खरै नेपाल फर्किएका अध्यक्ष श्रेष्ठले यो सम्मान सम्पूर्ण नेपालीको सम्मान भएको बताए ।

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डग च्यूको घरपालुवा जनावरहरुको खानाको नेचुरल ट्रिट्स क्याटागोरीमा २०१९–२० को एनिमल एडिसनमा उत्कृष्ट हुन सफल भएको हो । अमेरिका, चिन, रसिया, वेलायत, जर्मन, भारतलगायतका एक सय पचास भन्दा वढी देशको सहभागिता रहेको थियो । ३० लाख भन्दा वढी उद्योगले ४० विधामा प्रतिष्पर्धा भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले यस अवार्डले विश्वलाई नेपाली कम्पनीको ब्राण्ड चिनाउन पाउँदा र गुणस्तरको विश्वास दिलाउन सफल भएकोमा आफु र आफ्ना कर्मचारीहरु झन उत्साहित भएको वताए । उनले १५ वर्ष अघिको सपना यस अवार्डले पूरा गर्न तर्फ मद्धत गरेको भन्दै आगामी दिनमा अझ मेहनत गर्दै जाने समेत वताए ।

हिमालय डग च्यूले सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका पु¥याएर कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो । सन् २००७ वाट व्यवसायीक रुपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो । सुमन श्रेष्ठ, निशेस श्रेष्ठ र सुजनकुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरि निर्यात गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *