धादिङकोे मलेखुमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ

news-details

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय मलेखुको कारोबार शुभारम्भ गरिएको छ । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२२ पुगेको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *