कुमारी बैंकका ५ नयाँ शाखा संचालनमा

news-details

कुमारी बैंकले काठमाडौं बाहिर पाँच नयाँ शाखाहरुको ई–उद्घाटन गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप जब राणाले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिमार्फत ई–उद्घाटन गरेका हुन् ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो ।

उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए पनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । प्रविधिको प्रयोगबाट सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रमै नवीन शैलीमा गरिएको उद्घाटन भएको बैंकको भनाइ छ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभरका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत बैंकिङ कारोबार गर्दैआएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *