हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको रेमिट सेवा

news-details

मेगा बैंकले एकैपटक तीन वटा देशमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ ।

हङकङ, युएई र जोर्डनमा मेगा रेमिटको सञ्जाल विस्तार गरिएको हो। हङकङबाट नेपालीहरुले अब ई–पे मेगा रेमिटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।

युएईबाट सराफ एक्सचेन्जबाट रकम पठाउन सकिने बैंकले जनाएको छ। यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबार सम्बन्धी सम्झौता भएको छ ।

हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम देशभर छरिएका बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *