हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको रेमिट सेवा
- असार ३०, २०७६
- 0
मेगा बैंकले एकैपटक तीन वटा देशमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ ।
हङकङ, युएई र जोर्डनमा मेगा रेमिटको सञ्जाल विस्तार गरिएको हो। हङकङबाट नेपालीहरुले अब ई–पे मेगा रेमिटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।
युएईबाट सराफ एक्सचेन्जबाट रकम पठाउन सकिने बैंकले जनाएको छ। यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबार सम्बन्धी सम्झौता भएको छ ।
हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम देशभर छरिएका बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
‘लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण’ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले […]
ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना कार्यान्वयनमा इप्पानको जोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ल्याएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिएको छ । […]
महिला यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई मन्त्रीले गरे विदाई
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । […]
रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो
पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ […]
पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : मन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा […]