१३ औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेसको १ लाख सहयोग

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा १ लाख रुपैया नगद सहयोग प्रदान गरेको छ ।

सिटी एक्सप्रेस ग्रुपका प्रवन्ध निर्देशक चन्द्र टण्डनले मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेका हुन ।

सहयोग रकम हस्तान्तरण गर्दै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उक्त संस्थालाई आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेका छन ।

समाजको सकारात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सहयोग गरिएको सिटी एक्सप्रेसले जनाएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *