अल अहालिया एक्सचेन्ज युएईको ‘समर अफर’, नेपाली युवा पाण्डेले पाए कार उपहार

news-details

युएईको अल अहालिया एक्सचेन्जबाट पैसा पठाउने काठमाडौंका नवीन पाण्डेले निशान कार उपहार पाएका छन् ।

विगत ६ वर्षदेखि दुबईको रिच कार्टेन होटलमा भेलेट चालक पदमा कार्यरत पाण्डेले अल अहालिया एक्सचेन्जको अलकुज शाखाबाट पैसा पठाउँदा निशान कार उपहार पाएको एक्सचेन्जका नेपाल म्यानेजर बेनीमाधव ढकालले जानकारी दिएका छन् ।

एक्सचेन्जले गत मे ५ देखि जुलाई ३ सम्मका लागि समर एक्सचेन्ज योजना लागू गरेको थियो ।

यो योजनाअन्तर्गत १ केजी सुन भने पाकिस्तानी नागरिक मोहम्मदले पाएका छन् । यसै योजना अन्तर्गत ५ जना भारतीय अनि पाकिस्तान, बङलादेश, श्रीलङ्का र फिलिपिन्सका १–१ जनाले पनि पाण्डेले जस्तै निशान कार प्राप्त गरेका छन ।

उक्त अवधिमा अल अहालिया एक्सचेन्जबाट रेमिट्यान्स गर्नेहरूमध्ये विद्युतीय माध्यमबाट गरिएको गोलाप्रथाबाट पुरस्कृतहरूको नाम चयन गरिएको अल अहालिया एक्सचेन्जका नेपाल म्यानेजर बेनीमाधव ढकालले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *