अल अहालिया एक्सचेन्ज युएईको ‘समर अफर’, नेपाली युवा पाण्डेले पाए कार उपहार
- असार २५, २०७६
- 0
युएईको अल अहालिया एक्सचेन्जबाट पैसा पठाउने काठमाडौंका नवीन पाण्डेले निशान कार उपहार पाएका छन् ।
विगत ६ वर्षदेखि दुबईको रिच कार्टेन होटलमा भेलेट चालक पदमा कार्यरत पाण्डेले अल अहालिया एक्सचेन्जको अलकुज शाखाबाट पैसा पठाउँदा निशान कार उपहार पाएको एक्सचेन्जका नेपाल म्यानेजर बेनीमाधव ढकालले जानकारी दिएका छन् ।
एक्सचेन्जले गत मे ५ देखि जुलाई ३ सम्मका लागि समर एक्सचेन्ज योजना लागू गरेको थियो ।
यो योजनाअन्तर्गत १ केजी सुन भने पाकिस्तानी नागरिक मोहम्मदले पाएका छन् । यसै योजना अन्तर्गत ५ जना भारतीय अनि पाकिस्तान, बङलादेश, श्रीलङ्का र फिलिपिन्सका १–१ जनाले पनि पाण्डेले जस्तै निशान कार प्राप्त गरेका छन ।
उक्त अवधिमा अल अहालिया एक्सचेन्जबाट रेमिट्यान्स गर्नेहरूमध्ये विद्युतीय माध्यमबाट गरिएको गोलाप्रथाबाट पुरस्कृतहरूको नाम चयन गरिएको अल अहालिया एक्सचेन्जका नेपाल म्यानेजर बेनीमाधव ढकालले बताए ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










