सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी

news-details

साना तथा मझौला उद्योगहरूलाई बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यसहित साना तथा मझौला उद्योग कर्जासम्बन्धी आफ्नो कार्यक्रमको पुनः संरचना गर्नका लागि सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र सक्षमका टोली प्रमुख निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरेर एक कार्यक्रममाझ उक्त साझेदारीको औपचारिक घोषणा गरेका हुन् ।

उक्त साझेदारीले नवीनतम् तथा दिगो पद्धतिमार्फत् साना तथा मझौला उद्योगहरूको वित्तीय आवश्यकतालाई, विशेषगरी मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल)व्यवसायहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ ।

यस सहकार्यले निम्न आय भएका मानिसहरूको वित्तीय आवश्यकता पूरा गर्न तथा उद्यमशीलता प्रवद्र्धन गर्न सहजीकरण गर्ने लक्ष्य लिएको छ । यस सहकार्य अन्तर्गत बैंकले आफ्नो फैलिँदो शाखा सञ्जालको बृहत् उपयोग गरी देशभर लघु तथा साना व्यवसायहरूलाई अनुकूल हुनेगरी आफ्नो व्यवसाय ढाँचालाई पुनःसंरचना गर्नेछ र उत्पादन, सेवा तथा सेवा प्रवाह संयन्त्रलाई संशोधन गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *