बेष्ट फाइनान्सको तालिम तथा बजेट अन्तक्रिया सम्पन्न
- असार ८, २०७६
- 0
बेष्ट फाइनान्स कम्पनीले पोखरामा २ दिने तालिम र बजेट अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले शाखा प्रबन्धकका लागि क्रेडिट प्रपोजल लेखन तालिम र विभागीय प्रमुखका लागि आगामी आर्थिक वर्षको कार्य योजनाका लागि बजेट अन्तक्रिया गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
तालिमको प्रमुख प्रशिक्षक वि.एन. घर्तीले सहभागीलाई क्रेडिट प्रपोजल लेखनका विषय लगायत वित्तीय बजारको विविध विषयमा सहजीकरण गरेका थिए । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको सो फाइनान्सको १४ शाखाका रहेका छन् ।
शाखा प्रबन्धक विभागीय प्रमुख सहित २५ जनाको सहभागिता रहेको उक्त तालिम र बजेट कन्फ्रेन्समा फाइनान्सले हालसम्म गरेको प्रगति विवरण र अबको वर्षमा गर्ने कार्ययोजनाका विषयमा तयारी स्वरुप यो कन्फ्रेन्सको आयोजना गरिएको सिइओ तोयराज अधिकारीले जानकारी दिए ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










