ग्लोबल आइएमई र सुमेरु हस्पिटलबीच सम्झौता

news-details

ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार सुमेरु हस्पिटलमा उपचार गराउँदा ग्लोबल बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग सम्झौता गरेको जनाएको छ । सम्भौतापत्रमा हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र बैंकका कार्ड बिक्री तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरे ।

बैंकका देसभरि १३५ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *