इजरायलबाट पनि ‘मेगा रेमिट’ सेवा

news-details

‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ ।

इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमिटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमिट सेवा विस्तार गर्ने बैंकको योजना छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *