नेपाल क्रेडिट एण्ड कमर्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

news-details

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र मनी ट्रान्सफरका प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरे ।

एनसिसी बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *