पद्मोदयको जुत्ता एक्सचेञ्ज मेला शनिवार सकिदैं, पुरानो जुत्तासँग नयाँ साट्ने अफरमा उपभोक्ताको भीड

news-details

काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चलिरहेको जुत्ता एक्सचेञ्ज मेला जेठ ३२ गते शनिवार सकिदैछ । उपभोक्ताको मन जित्ने आकर्षक अफरसहित बैशाख महिनादेखि लागिरहेको मेला जेठ मसान्तसम्म चल्ने आयोजकले जानकारी दिएका हुन् ।

पुरानो जुत्तासँग नयाँ जुत्ता एक्चेञ्ज गर्ने अत्यन्तै आकर्षक स्किमसहित चलिरहेको मेलामा उपभोक्ताको भीड अत्यधिक बढिरहेको छ । काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा लागिरहेको मेलामा पुराना जुत्ता लिएर गएपछि नयाँ जुत्ता एक्सचेञ्ज गर्न पाइन्छ ।

‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेलामा’ जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता प्रदान गरिरहेको आयोजक प्रमोद महतोले जानकारी दिए ।

 

हेर्नुहोस भिडियो रिपोर्ट :

मेलाको आकर्षक अफर थाहा पाएर पुरानो जुत्ता बोकेर नयाँ लिनका लागि जुत्ता एक्सचेञ्ज मेलामा आएका काभ्रेका गोपाल कार्की घरमा फालेका जुत्ता काम पनि लाग्ने, सस्तोमा नयाँ जुत्ता पनि पाइने भएकाले मख्ख परे । उनले भने–‘ यति राम्रा र गुणस्तरीय जुत्ता अनि यति राम्रो स्किम भएपछि म मात्र होइन मेरो परिवार र आफन्तनै मेलामा आएका छौ ।’

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको आयोजकको भनाई छ । जुत्ताको बजारमुल्य अनुसारनै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्री मूल्यभन्दा पनि सस्तो पर्ने अर्का आयोजक जीवन श्रेष्ठको दावी छ ।

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसीको भनाई छ ।

भृकुटीमण्डपमा पटक पटक लाग्ने जुत्ता मेला वन्द भएपछि आफ्नै शोरुममा लागिरहेको यो एक्सचेञज मेलाले उपभोक्ताको मन जित्न थालेको छ । पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्दा उपभोक्तालाई भोलिका दिनमा थप सजिलो हुने आयोजकको भनाई छ । अर्को तर्फ पुरानो जुत्ता रिसाइकिलिङ गरेर प्रयोगमा ल्याइने भएकाले उपभोक्ताले घरमा त्यत्तिकै नफ्याक्न आयोजकको अपील छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् । त्यही भएर आयोजकले एक पटक पद्मोदय मोडमा लागेको एक्सचेञज मेला अवलोकन गर्नका लागि आह्वान गरेका छन् ।

स्वदेशी उत्पादनबाट बनेका गुणस्तरीय जुत्ताचप्पल आम नेपालीले प्रयोग गर्ने हो भने नेपाली सीप, पूजी र उत्पादनले बजारमात्र पाउने थिएन धेरै नेपालीले स्वदेशमा नै रोजगारी पाउने थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *