रोयल इनफिल्ड मोटरसाइकलको नयाँ मोडल क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा

news-details

 

रोयल इनफिल्डको नेपालका लागी आधिकारीक बिक्रेता औद्योगिक तथा व्यवसायिक घराना एम.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्ड मोटरसाइकलकोे लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. BS IV, Gunmetal Grey with Rear Disc Brake नेपाली बजारमा सार्वजनिक गरेको छ । रोयल इनफिल्डका मोटरसाइकल नेपाली युवाहरु माझ अत्यन्त लोकप्रिय ब्राण्ड रहेको छ ।

यो नयाँ मोटरसाइकलमा Royal Enfield Classic 350cc Engine, Headlight Casing, Fuel Tank, Dual Disc Brake, Oval Tool box, Exhaust Fins, Speedometer Dials, Single Single seat spring, Saddle Tail Light Assembly र Headlight Cap लगायतका फिचरहरु रहेकाछन् । यसमा नयाँ थपिएको Rear Disc Brake का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भैरहेको रोयल इनफिल्ड अब थप सुरक्षित हुने कम्पनीको भनाई छ ।

यस नयाँ मोडलको मुल्य केही समय सम्मको लागी पाँच लाख पन्ध्र हजार रुपैया तोकिएको छ । देश भरिका १९ वटै शाखा तथा डिलरहरु बाट यसको बिक्री हुने एम.भी.दुगड ग्रुप कम्पनीका उपाध्यक्ष विवेक दुगडले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *