संख्या धेरै भएपछि विकास बैंकको मर्जरमा तिब्रता

नौ विकास बैंक मर्जर प्रक्रियामा
news-details

मर्जरबाट विकास बैंकको संख्यामा अझै कटौती हुने भएको छ । हाल क्षेत्रीय र राष्ट्रिय स्तरका गरी कुल ३२ वटा विकास बैंकहरु संचालनमा रहेका छन् । जसमध्ये, केही साना बैंकहरु एकआपसमा गाभिएर प्रदेश वा राष्ट्रिय स्तरका जान लागेका छन् भने केही बैंकहरु वाणिज्य बैंकमा गाभिन लागेका छन् ।

राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा गाभिन लागेको छ । उता, क्षेत्रीय स्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरको बन्न लागेको छ भने तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक मिलेर राष्ट्रिय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंक बन्न लागेका छन् । राष्ट्रिय स्तरको देवः विकास बैंकले सहारा विकास बैंकलाई गाभेर थप मजबुत बन्ने प्रक्रिया अघि बढाएको छ ।

यस आधारमा हेर्दा, विकास बैंकको संख्या आधा दर्जन कटौती हुने अवस्थामा छ । मर्जर नीति आउनुअघि विकास बैंकको संख्या ८७ थियो । मर्जर नीतिको सबैभन्दा धेरै प्रभाव विकास बैंकको संख्यामा देखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *